LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । १० औ राष्ट्रिय खेलकुद प्रतियोगितामा अर्थपुर्ण सहभागिता र ११ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको मधेश प्रदेश सरकारले तयारीमा जुटेको छ ।

अगामी चैत २३ देखि कर्णाली प्रदेश सरकारको आयोजनामा सुर्खेतमा हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगितामा अर्थपुर्ण सहभागिताको लागि मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयले खेलाडी छनौट देखि कुन कुन खेलमा सहभागि हुने विषयमा खेलकुद विज्ञ, प्रशिक्षक, पुर्व खेलाडी तथा खेलाडीसँग छललफल गरि आवश्यक राणनिती बनाउने कार्यलाई तिव्र बनाएको छ ।

१० औ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन प्रदेशका ८ वटै जिल्लाबाट विभिन्न खेलका लागि ५ हजारभन्दा बढी खेलाडीको अवेदन परेको मन्त्रालयका खेलकुद महाशाखाकी अधिकृत निसा कर्णले जानकारी दिईन । १० औ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन इच्छा देखाएका ५हजार मध्ये हामीले विभिन्न स्थनीय, जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिता मार्फत ६ सय ५० जना खेलाडीलाई मात्रै छनौट गरिने उनले बताईन ।

छनौट भएका ६५० जना खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेलका आवश्यक तालिम तथा सीपहरु सिकाईने योजना रहेको बताउँदै उनले भनिन,‘ अहिले खेल अनुसार खेलाडी छनौटको कार्य सुरु भईसकेको छ । सबै जिल्लाबाट सबै खेलका लागि खेलाडी छनौट भएपछि स्थानीय प्रतियोगिता मार्फत जिल्ला स्तरी खेलाडी छनौट प्रक्रिया सुरु हुन्छ ।’


राष्ट्रिय खेलकुद प्रतियोगितामा जम्मा ३६ वटा खेलकुद तोकिएको छ । त्यसमध्ये ९ औ खेलकुद प्रतियोगितामा मधेश प्रदेशले २६ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो । त्यसमध्ये फुलकन्टेक्ट कराँते, अइटी तोकेन्दो, जुडो कराँते, कराँते, कुस्ती, उसु, क्रिकेट, फुटबल, खो खो भलिवलसहितका खेलमा मधेश प्रदेशले मेडेल पाउन सफल भएका थिए । तर १० औ खेलकुद प्रतियोगितामा मधेश प्रदेशले सक्दो सबै खेलमा सहभागिता जनाउने लक्ष्यको साथ तयारी थालेको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बताए ।

मन्त्री जयसवालले भने,‘ यस वर्षको प्रतियोगितमा हाम्रो सहभागिता अर्थपुर्ण र अब्बल हुनुपर्छ भन्ने उदेश्य हो । र सोही अनुसार हामी तयारी पनि गरिरहेका छौ ।’
११ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मधेश प्रदेशले गर्ने भएको छ उनले भने,‘ त्यसकारण यो प्रतियोगितामा राम्रो गर्न सकेको खण्डमा हामीलाई ११ औ राष्ट्रिय प्रतियोगिताको तयारी गर्न पनि सहज हुन्छ ।’

११ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि जिल्लाहरुमा रहेका खेलकुद मैदानको स्तरउन्नती तथा अधुरो रहेका खेलमैदानहरुमा थप निर्माणका कार्यहरुलाई अगाडी बढाएको मन्त्री जयसवालले बताए ।

१० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको मध्यनजर गरेर हामीले केहि महिना अघि प्रदेश खेलकुद सम्बन्धी ऐन ल्याएको बताउँदै मन्त्री जयसवालले अगाडी भने,‘ ऐनको अधारमा खेलकुद नियमावली निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ । अव मधेशको खेलकुदको ग्राफ तिव्र रुपमा अगाडी बढ्छ ।’

खेलकुदको लागि मधेश प्रदेश उर्भरा भुमि रहेको उल्लेख गर्दै मन्त्री जयसवालले भने,‘ मधेशमा विभिन्न खेलका राम्रा खेलाडीहरु छन् । तर विगतमा ति खेलाडीहरुलाई राज्यले संरक्षण प्रवद्र्धनको कार्य गर्न सकेनन, त्यसकारण केहि खेलाडीहरु खेलबाट पलायन भएको अवस्था छ ।’

खेलाडी पलायन रोक्न विभिन्न योजनाहरु ल्याएर राम्रा खेलाडीहरुको मनोबल बढाउने र खेलमै उनीहरुलाई आत्मनिर्भर बनाउने गरि प्रदेश सरकारले योजनाहरु अगाडी बढाउने मन्त्री जयसवालले बताए ।

 

सम्बन्धित खबर