LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेशमा ३ लाख ६९ हजार १ सय २४ किशोरीलाई पाठेघरमा लाग्ने क्यान्सर (सर्भाइकल क्यान्सर) को जोखिमबाट जोगाउन एचपिभि (ह्यूमन प्यापिलोमाभाइरस) खोप लगाउने तयारी पुरा भएको छ ।

यस अभियान अन्तर्गत प्रदेशभरका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई माघ २२ गतेदेखि खोप लगाउने कार्यक्रम रहेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मधेश प्रदेशमा रहेका ३ हजार ३ सय २५ विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका बालिकाहरूलाई अभियान अन्तर्गत खोप लगाईने निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकले खोप र अन्य आवश्यक सामग्री प्रदेशका सबै जिल्लाहरूमा पठाइसकिएको बताए । खोप कार्यक्रमलाई सफल बनाउन अभिभावक तथा शिक्षकहरूको सहकार्य महत्वपूर्ण रहेको उनले बताए ।

खोप अभियानको तयारी पूरा भएको बताउँदै निर्देशक नायकले भने,‘ खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावक, शिक्षकहरू तथा बालिकाहरूलाई खोप लिन प्रोत्साहित गर्न अभिमुखीकरण कार्यक्रम मार्फत सचेत गराई सकेकोछु ।’ खोप अभियानमा सहभागी हुन बालिकाहरूलाई समयमै विद्यालय वा नजिकको स्वास्थ्य चौकीमा उपस्थित हुन उनले आग्रहा समेत गरे ।

यो खोप पाठेघरको क्यान्सरबाट बच्नका लागि निकै प्रभावकारी मानिन्छ, उनले भने,‘ नेपालमा महिलाहरूको पाठेघरमा हुने प्रमुख क्यान्सर मध्ये एक हो । त्यसकारण यो रोगको जोखिमलाई न्यूनीकरण खोप अभियान संचालन भईरहेको छ ।’

अभियानले मधेश प्रदेशमा हजारौं किशोरीहरूलाई यो घातक रोगबाट जोगाउन महत्वपूर्ण योगदान रहने उनले बताए । यो अभियान देशभरि संचालन गर्ने सरकारको लक्ष्य रहेको बताउँदै यसको सुरुवात मधेशबाट हुन लागेको उनको भनाई थियो ।

सम्बन्धित खबर