LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालहरुको छड्के अनुगन गरि मापदण्ड नपुगेका अस्पताललाई बन्द गरेर साँचो बुझाउन निर्देशन दिएपछि अस्पताल संचालकहरु प्रतिकार गर्न संगठित भएका छन् ।

मुख्यमन्त्री सिंहले प्रायोगित रुपमा अस्पतालहरुको अनुगन गर्ने र अस्पतालको साँचो बनाउन निर्देशन दिएर अनावश्यक तनाव दिएको भन्दै जनकपुरधामका अस्पताल सञ्चालकहरूले ‘प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम’ नामक नयाँ संगठनको स्थापना गरेका छन् ।

यस एशोसिएसनको अध्यक्षमा डा.सरोज कुमार ठाकुरलाई चयन गरिएको छ भने उपाध्यक्षमा राम भरोस महतो, सचिवमा आविद हुसेन, कोषाध्यक्षमा संजय मण्डल र सहसचिवमा डा. शुभाषचन्द्र यादव सहित २५ सदस्यीय समिति गठन गरिएको छ ।

मुख्यमन्त्री सिंहले नियोजित रूपमा अस्पताल सञ्चालकहरूलाई अनावश्यक तनाव दिइरहेको, अनुसन्धानका लागि छुट्टै निकाय रहेपनि आफैं अनुगमनमा खटिएको र सबै अस्पताललाई अवैध देखाउने गरी प्रचारवाजी गरिरहेको आरोप लगाइएको छ ।

एशोसिएसनले मुख्यमन्त्रीको अनुगमनलाई राजनीतिक चालका रूपमा व्याख्या गर्दै अस्पताल सञ्चालकहरूलाई संगठित हुनुपर्ने आवश्यकता औंल्याएको छ । एशोसिएसनका अध्यक्ष डा. सरोज कुमार ठाकुरले भने, ‘मुख्यमन्त्री सिंहको यो अभियान अवैध अस्पतालहरूको छानबिनभन्दा पनि प्रतिष्ठित अस्पतालहरूलाई बदनाम गर्नेतर्फ केन्द्रित छ । हामीले कुनै पनि अवैध काम गरेका छैनौं । तर, सरकारको चर्को दबाबमा हामीलाई अनावश्यक तनाव दिइएको छ ।’ ठाकुरले थपे, ‘हामीले कानूनी रूपमा सञ्चालित हस्पिटलहरूलाई बदनाम गर्न खोज्ने यो कार्यको कडा प्रतिरोध गर्नेछौं ।’

अस्पताल सञ्चालकहरूले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आफ्नो गुनासो राख्ने, पत्रकार सम्मेलन गरी वास्तविकता बाहिर ल्याउने र आफूमाथि लगाइएका गलत आरोपहरूको विरुद्ध संघर्षलाई अगाडी बनाउने संयोजक डा. ठाकुरले बताए ।
उनीहरूले सिघ्र आपतकालीन सेवाबाहेकका सबै सेवाहरू ठप्प पार्ने तयारी गरिरहेको बताइएको छ ।

 

सम्बन्धित खबर