LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो चार वर्षे कार्यकालको मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । यादवले आफ्नो नेतृत्वमा प्राधिकरणले २०७७ सालदेखि २०८१ सालसम्मको अवधिमा उल्लेखनीय प्रगति गरेको बताएका हुन् ।

अध्यक्ष यादवले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालका मुख्य उपलब्धिहरू २३ बुँदामा समेट्दै प्राधिकरणलाई व्यवस्थित र सक्रिय संरचनाको रूपमा स्थापित गर्न सफल भएको बताए ।

उनले भने, ‘मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र पत्रकार स्वास्थ्य तथा दुर्घटना बीमा कार्यविधि २०७९ लाई मन्त्रिपरिषद्बाट पारित गराई कार्यान्वयनमा ल्याउन सफल भएका छौं । यसले सञ्चारकर्मीहरूको स्वास्थ्य र सुरक्षामा महत्वपूर्ण योगदान गरेको छ ।’

अध्यक्ष यादवले २०७९ सालदेखि मधेश प्रदेशका सञ्चारमाध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन थालेको जानकारी गराउँदै चालु आर्थिक वर्षमा ३१८ जना पत्रकारहरूको नाम सिफारिस गरी एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गराउने सम्झौता राष्ट्रिय बीमा कम्पनीसँग गरिसकेको बताए ।

पत्रकार महिलाहरूको स्वास्थ्य र दुर्घटना बीमा कार्यक्रम २०७९ सालदेखि नै सुरु भएकोमा यसलाई थप विस्तार गर्दै सम्पूर्ण सक्रिय पत्रकारहरूलाई समेट्ने काम भएको छ । यादवका अनुसार प्रदेशका ३०९ वटा सञ्चारमाध्यमहरू (पत्रपत्रिका १६५, एफ.एम. रेडियो ६७, टेलिभिजन ९ र अनलाइन ६८) सूचीकृत भएका छन् । तिनीहरूले लोककल्याणकारी विज्ञापन प्राप्त गरिरहेका छन् ।

आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा ४ बुँदे, २०७८/०७९ मा १४ बुँदे, २०७९/०८० मा १९ बुँदे, आर्थिक वर्ष २०८०/०८१ मा ९ बुँदे र चालु आर्थिक वर्ष २०८१/०८२ मा १२ बुँदे प्रगति विवरण सार्वजनिक गरेको छ ।

यादवले आफ्नो कार्यकालका चुनौतीहरूबारे पनि चर्चा गरे । पूर्णकालिन कर्मचारीहरूको अभाव र प्राविधिक समस्या प्रमुख चुनौती रहेको उनले बताए । यसका बाबजुद उनले संस्थागत सुधारका लागि ठोस कदम चालेको र आगामी नेतृत्वले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष यादवले आफ्नो कार्यकाललाई सन्तोषजनक ठहर गर्दै भने, ‘यो चार वर्षको यात्रा चुनौतीपूर्ण भए पनि उपलब्धिपूर्ण रह्यो । हामीले भविष्यका लागि ठोस आधार तयार गरेका छौं । यसबाट मधेश प्रदेशका सञ्चारमाध्यमहरूलाई दीर्घकालीन लाभ हुनेछ ।’

यादवको चार वर्षे कार्यकाल मंगलबार सम्पन्न भएको छ । उनले प्राधिकरणमा भविष्यमा अझ धेरै सुधारको आवश्यकता रहेको संकेत गरेका छन् ।

सम्बन्धित खबर