LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अवैध रुपमा संचालनमा रहेका प्रदेशका ५८ अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

विगत एक महिनादेखि धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा गरी पाँच जिल्लाका ९६ अस्पतालमा मुख्यमन्त्री सिंहसहितका टोली अनुगमन गरेका थिए । ९६ मध्ये १५ वटा अस्पताल मात्र कानून सम्मत सञ्चालन रहेको पाईयोको र बाँकी रहेका अस्पताल बन्द गराउन मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार पर्साका २, धनुषाका २३, सर्लाहीका ९, रौतहटका २१, महोत्तरीका ५ अस्पताल अवैध रुपमा संचालन रहेको र ति अस्पतालहरुलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन् । बन्द गर्न निर्देशन दिएको अस्पताल लुकीछिपि संचालन गरेको खण्डमा थप कारर्वाही मुख्यमन्त्री सिंहले निर्देशन दिएको उनले बताए ।

सम्बन्धित खबर