LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशनलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष यादवले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त गर्न नसक्ने बताए ।

केही व्यक्ति र केही शक्ति मिलेर लोकतन्त्रलाई समाप्त गरेर देशमा राजतन्त्र ब्युँताउने प्रयास गरिरहेपनि जनता सजग र चनाखो भएकाले उनीहरुको प्रयास असफल हुने उनको भनाइ थियो ।

वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेको उल्लेख गर्दै उनले भने,‘ देशको विद्यमान नकारात्मक र निराशाजनक परिस्थितिले जनतामा निराशा बढ्दै छ । अगामी दिनमा सरकारले निर्वाचन मार्फत यसको जवाफ दिनेछ ।’

 

सम्बन्धित खबर