LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस मधेश प्रदेशद्वारा बुधवार बिहान विरगञ्जमा प्रभात ¥याली आयोजना गरियो।

रयाली पश्चात आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किरोर रायले श्रमजीवी वर्गको पेशागत हकहित संरक्षणको दिशामा प्रदेश सरकारले निरन्तर काम गरिरहेको बताए।
उनका अनुसार चालु आर्थिक वर्षमा श्रमिकहरुको क्षमता अभिवृद्धि तथा सीपमूलक तालिमका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ। उक्त बजेटअन्तर्गत विभिन्न जिल्लामा सिलाइ–कटाइ, प्लम्बिङ, कार्पेन्ट्री लगायतका व्यावसायिक तालिम सञ्चालन भइरहेको मन्त्री रायले जानकारी दिए।


मधेश प्रदेशका करिब ८० प्रतिशत घरपरिवारका सदस्य वैदेशिक रोजगारीमा गएका छन् भन्दै उनले वैदेशिक रोजगारीबाट फर्केकाहरू तथा पुनः विदेश जान इच्छुक नरहेकाहरूका लागि स्वरोजगारमुखी कार्यक्रमहरु संचालन भइरहेको उल्लेख गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रमिक दिवसको ऐतिहासिक पृष्ठभूमिबारे पनि जानकारी दिइयो। सन् १८८६ को मे १ मा अमेरिकाको शिकागोमा श्रमिकहरुले “८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन“को माग गर्दै आन्दोलन गरेका थिए। नेपालमा भने सन् १९३७ मा जुट मिलको स्थापना पश्चात मजदुर आन्दोलन सुरु भई श्रमिक दिवस मनाउने प्रथाको थालनी भएको मन्त्री रायले स्मरण गराए ।

नेपाल ट्रेड युनियन काँग्रेस मधेश प्रदेशका अध्यक्ष विजय यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश वहादुर केसी, कारखाना श्रमिक संघका अध्यक्ष अमृत लाल जोशी, नेपाल ट्रेड युनियन काँग्रेसका पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मी, पुर्व अध्यक्ष लक्ष्मण कुर्मिसहितका सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर