LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । धनुषाको रमदैयास्थित वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु तेडफोडमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकोे छ । विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ का परीक्षा दिएका परीक्षार्थीहरू आज दिउँसो वाटरल्यान्ड पार्कमा तोडफोड गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।

झडपको क्रममा प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा पाँचजना प्रहरीलाई समेत चोटपटक लागेको प्रहरीले जनाएको छ ।
विद्यार्थीको भीडले सडकमा चल्ने २ वटा सवारी साधनमा समेत तोडफोड गरेका छन् । पार्कमा लाखौँको क्षति भएको छ । अहिले एकिन विवरण आइसकेको छैन ।

पार्कले नुहाउनका लागि प्रतिव्यक्ति ९०० शुल्क लिने गरेको छ । कृष्ण फाउन्डेसनको सहयोगमा प्रचारप्रसारका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको लागि जनही १०० रुपैयाँ शुल्क मात्र राखिएको थियो ।

तर नुहाउन निकै संख्यामा विद्यार्थी पुगेपछि आयोजकले भीड सम्हाल्न सकेको थिएन । शुरुमा आयोजकको तर्फबाट बास लिएर विद्यार्थीलाई हिर्काएका थिए त्यसपछि विद्यार्थीहरु आक्रोशित भएको विद्यार्थीहरुले आरोप लगाएको छ । विद्यार्थीहरुले आयोजकलाई कारवाही गर्न माँग गरेका छन् ।

सम्बन्धित खबर