LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

जनकपुरधाम । सर्लाहीको पर्सा गाँउपालिका वार्ड नं. ५ बस्ने तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ ।

शनिवार बिहान १० बजेको समयमा तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर सोही ठाउ बस्ने केहि अपराधिक व्यतिmहरुले कुटपिट गरेको हो । तशलिम अंसारीको छोरीको बिवाह वार्ड नं. ६ बस्ने लाल महम्मद अंसारीको छोरा संग जेष्ठ ८ गते हुने निश्चित भएको थियो । सोही विवाहको लागि गरगहना बनाउने सम्बन्धमा शनिवार बिहान स्थानीय सुनचादी पसले राजिन्द्र साह सोनार संग वादविवाद र कुटाकुट भएको स्थानीय प्रत्यक्षदर्शी तथा पिडित अंसारीका छोरा कौशर अंसारीले बताएको छ ।

केही वर्ष अघि अन्सारीले राजिन्द्र साहकै पसलमा सुन खरिद गरेका थिए । त्यतिबेला सुन राम्रो नदिएकोले अब गाउँमा सुन खरिद नगर्ने र मलगवा गएर खरिद गर्ने योजनामा रहेका अन्सारीको घरमा पुगि सोनारले आफ्नो पसलमै सुन खरिद गर्न दवाव दिए । सोहि बिषयमा बिवाद भएको दुबै पक्ष बिच हातहालाहाल भएको थियो ।
घटना भएको केहि बेरमै पसले राजिन्द्र साह सोनारले स्थानीय केहि अपराधिक मानसिकता भएका व्यतिmहरुलाई परिचालन गरि हिन्दु मुस्लिमको नाम दिएर अंसारी र उनका भाईलाई कुटपिट गरि गाउँमा घुमाउदै सुगुर बस्ने खोरमा लगि थुनेर कुटपिट गरेको थियो । खोरमा थुनेर कुटपिट गरेको भिडियो यतिबेला समाजिक संजालमा भाईरल बनेको छ।

कुनै पनि विवाद हुदा प्रहरीलाई खबर गर्नुपर्ने हो । यसरी कानुनलाई आफनो हाथमा लिएर कुनै व्यतिmलाई सुगुरको खोरमा थुनेर कुटपिट गर्नु कानुन विपरित कार्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक सरोज राईले बताए । घटनामा संल्गन ४ जनालाई पक्राउ गरि थप अनुसंन्धान गरिरहेको बताए ।

सोनारले आफ्नो व्यक्तिगत रिसबि साध्न घटनालाई धार्मिक रङ्ग दिएर मानवतालाई लज्जित गर्दै धार्मिक सद्भाव बिथोल्ने प्रयास गरेको स्थानीय मुस्लिम समुदायहरुको आरोप छ । यस्ता घटनाले धार्मिक र सामाजिक सद्भावमा खलल पुगेको भन्दै स्थानीयबासीले दोषीलाई कडाभन्दा कडा सजाय दिन माग गरेका छन ्। मुस्लिम समुदाय मात्र होइन, अन्य समुदायका सचेत नागरिकहरू पनि यस घटनाप्रति चिन्तित छन्।
एक स्थानीय वृद्धले भने, “हामी एउटै गाउँमा बस्छौं। एक अर्कालाई बुझ्दै, सम्मान गर्दै बाँच्नु पर्ने हो। तर यस्तो घटना त गाउँकै आत्मामा चोट लागेको जस्तो भयो।“ तसलिस अन्सारी स्थानीय मस्जिदका सचिव समेत हुन् ।

यता, घटना पक्राउ परेकाहरुलाई छुटाउन केही कथित हिन्दुबादी संघसंगठन र केही राजनीति दलका नेताहरु प्रहरी प्रशासनलाई दबाब दिने गरेको बुझिाएको छ । दबाबका प्रहरी प्रशासनले पनि दोषीलाई कानुनी कारवाही गर्नुको सट्टा मिलापत्र गर्न दबाब दिने गरेको पीडित परिवारको आरोप छ । सर्लाही जिल्लामा पटक–पटक धार्मिक सद्भाव बिथोल्ने घटना हुने गरेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले घटनामा सनल्नहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको र उनिहरुलाई कानुन अनुसार कार्वाही गरिने बताए । दबाब आएपनि आफुहरु दोषीलाई कानुन अनुसार कार्वाही गरिने बताए ।

अध्यक्ष अन्सारीद्वारा कडा कानुन कारर्वाहीको माग

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अनसरीले घटनालाई कडा आपति जनाउँदै दोषिलाई कडा कानुनी कारर्वाहीको माग गरेका छन् ।
सामान्य विवादलाई बहाना बनाउँदै तस्लीम अन्सारी र सलिम अन्सारीलाई सुँगुरको खोरमा थुनेर कुटपिट तथा अपमानजनक व्यवहार गरिएको घटनाले सम्पूर्ण मानवता र सामाजिक सभ्यता लज्जित बनाएको उनले बताएका छन् ।
घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै उनले समाजिक एकता, सहिष्णुता र न्यायमूलक राज्य व्यवस्थामाथिको गम्भीर आक्रमण भएको टिप्पणी गरे ।
अध्यक्ष अन्सारीले भने, “समाजमा विभाजनको बीउ छर्ने, घृणाको आगो सल्काउने र सामान्य झगडालाई सम्प्रदायिक रंग दिन खोज्ने अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिको राज्यले कुनै हालतमा समर्थन गर्नु हुँदैन। कमजोर समुदायलाई लक्षित गरी गरिएको यस्तो अमानवीय र आपराधिक व्यवहारमा संलग्न व्यक्तिमाथि कडा भन्दा कडा कारबाही हुनुपर्छ।”

अध्यक्ष अन्सारीले पीडित परिवारलाई शीघ्र न्याय प्रदान गर्न, उनीहरूको सुरक्षाको प्रत्याभूति दिलाउन तथा गरिमापूर्ण पुनस्र्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् । “जात, धर्म, वर्ग वा विचारका आधारमा कोही पनि अपमानित वा प्रताडित हुनु सम्पूर्ण राष्ट्रको हार हो,” पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “हामी यस्ता अन्यायविरुद्ध अन्तिमसम्म उभिन तयार छौं।”

सम्बन्धित खबर