LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । स्थानीय महेन्द्रनारायण निधि मिथिला सास्कृती भवनमा आज बिहान ११ बजे देखि मतदान सुरु भएको हो ।
२२ बैशाखमै अधिबेशन अन्तरगत मतदानको मिति तोकिएको थियो । तर मतदान सुरु नहुदै दुई पक्षबीच कुटाकुट भएपछि मतदान स्थगित गरिएको थियो । धनुषा जिल्ला अध्यक्ष पदका लागि दुई जना उम्मेदवार मात्र रहेका छन् ।

एमालेका केन्द्रीय सचिव समेत रहेका पुर्व उपप्रधानमन्त्री  रघुबीर महासेठ समूहबाट भोला यादव र एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगडियाको समूहबाट लक्ष्मीनारायण यादव बीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

अधिबेशनमा ६२८ जना प्रतिनिधिले मतदान गर्ने छ ।दिउँसो २ बजे झन्डै ३ सय प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ । यसैबीच, अहिले वर्षा भइरहेको मतदान  प्रभावित भएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबर