LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । होलीकै दिन हत्या भएका जनकपुरधाम–२३ का अंशु यादवको हत्यामा संलग्नहरुको पक्राउ गरि कडा कारर्वाहीको माग गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

आइतबार दिउँसो स्थानीय बजरंग चोकमा अंशु हत्यामा संलग्नहरुको कारर्वाहीको माग सहित जनकपुरधामका विभिन्न चोकमा नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले स्थानीय रामानन्द चोक स्थित जनकपुर–ढल्केवर सडक खण्ड एक घण्टा अवरुद्ध समेत गरेका थिए ।

गत चैत १७ गते होलीका दिन अंशुलाई छुरा प्रहार गरी हत्या गरेको थियो। प्रहरीले घटना स्थलबाटै स्थानीय धर्मेन्द्र महतोलाई पक्राउ गरेका थिए । सो घटनामा जिल्ला अदालत धनुषाले पूपक्षका लागि कारागार पठाइएको छ । हत्यामा संलग्न रहेको आरोप पक्राउ परेका अर्का एक स्थानीय ४५ वर्षीय राम दहिना महतोलाई छाडिसकेको छ ।

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने,‘घटनामा संलग्न रहेको आरोपमा दुई जना मध्ये एक जनालाई कारगारमा छन, भने एकलाई अदालतले छोडिसकेको छ । बाँकी रहेका एक जना अभियुक्त अझै फरार रहेको छ । त्यसलाई प्रहरीले खोजि गरिरहेको छ ।’ पीडित परिवारले भने घटनामा ५ जनाको संलग्नता रहेकोले सबैलाई पक्राउ गर्नुपर्ने माग गदै आएको छ ।  #प्रदर्शन

सम्बन्धित खबर