LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।

नेता साहले सोमबार साझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् ।झन्डै एक वर्षदेखि माओवादी केन्द्रका बहुमत प्रदेश सासदले नेता साहको राजीनामा माग गर्दै आएका थिए । तर पार्टीका उपसचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको संरक्षणको कारण नेता जोग्दै आएका थिए ।
बिबाद मिलाउन पार्टी अध्यक्ष प्रचण्ड स्वयम् पहल गरेका थिए । विवाद नमिलेपछि अध्यक्ष प्रचण्डले नै नेता साहलाई राजीनामा निर्देशन दिएका थिए ।
पार्टीका सांसदहरुकुरा नसुन्ने, पार्टीलाई अघात पुग्ने काम गरेको तथा अर्थ मन्त्री हुँदा बजेटमा चलखेल गरेको सान्सदहरुले आरोप लगाएका छन् ।
मधेस प्रदेशमा माओवादीका ९ जना सांसद रहेका छन् । ती मध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारी गरि ६ जना सांसद नेता साहको बिरोधमा थियो । 

सम्बन्धित खबर