LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । जनकपुरधामा विहिवारदेखि हुन लागेको तीन दीवसिय मुख्यमन्त्री मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु नहुदै विवादित बनेको छ ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा १२ असारदेखि १४ असार सम्म चल्ने प्रतियोगिताको लागि ५० लाख रकम बिनियोजन गरिएको छ । तर विजेता टिमहरुको लागि राखिएको पुरस्कार राशी न्यून हुदाँ खेलाडीदेखि सर्वसधारणले पनि सरकारको आलोचना गरिरहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्वितीय हुने टिमलाई २० हजार र तृतीय टिमलाई १५ हजार रुपैयाँ पुरस्कार राशि तोकिएको छ । जुन वडास्तरीय हुने प्रतियोगिताको राशि सरह हो । वर्षेणी गाडी फेर्ने मधेश प्रदेशका मन्त्रीहरुले अन्तर प्रदेशस्तीयर प्रतियोगिताको पुरस्कार राशि राखेर सरकारले प्रदेशको गरिमा घटाएको खेलप्रमिहरुको भनाई छ ।

पुरस्कार राशिले कुनै पनि प्रतियोगिताको महत्व र गरिमा झल्काउ छ, गण्डकी प्रदेश कबड्डी संघका उपाध्यक्ष कृष्ण पाण्डेले भने,‘ मधेश सरकारले पुरस्कार राशि न्युन राखेर खेलाडीको मनोबल घटाउने काम गरेको छ ।’ खेलाडीको नाममा लाखौ रुपैयाँ विनियोजन गरेर मन्त्रीदेखि कर्मचारी तथा आफ्ना कार्यकर्ताहरुलाई पोस्ने कार्यमा सरकार लागेको एक लेखाडीले आरोप लगाए ।

त्यस्तै, गण्डकीबाट आएका खेलाडी दिवान आलेले भने, ‘हामी टाढाबाट यहाँ आएर खेल्न लागेका छौं, तर यस्तो कम पुरस्कार देख्दा निराश भएछु । कम्तीमा खेलाडीको मिहिनेतअनुसार पुरस्कार राशि तोक्नुपर्छ ।’
यस विषयमा मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले भने, ‘पुरस्कार राशी कार्यविधिअनुसार तोकिएको हो । हामी आफैंले नियम तोडेर बढाउन सक्दैनौं ।’ उनले खेलाडीहरूको आवास, यातायात र दैनिक भत्ताको समेत व्यवस्था गरिएको जानकारी दिए ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशबाट ८४ खेलाडी, १४ प्रशिक्षक र व्यवस्थापक, रेफरी अफिसियल, संघ प्रतिनिधि, स्वयंसेवकसहित ५२ गरि १ सय ५० जनाको सहभागिता रहेको छ ।

सम्बन्धित खबर