LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम ।  मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा फेरि पनि ‘मेडिकल माफिया’ र राजनीतिक हस्तक्षेप देखिएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार केन्द्रका निर्देशक डा. सुनिल प्रसाद कुशवाहालाई गैरकानुनी ढंगले पदमुक्त गरी डा. राजीव कुमार झालाई निमित्त निर्देशक नियुक्त गरिएको छ। स्रोतका अनुसार कुशवाहा पारदर्शिता र प्रक्रिया पालनमा अडिग रहेकाले औषधि आपूर्तिमा संलग्न माफिया विशाल पण्डित र स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहको दबाबमा हटाइएको हो।

करीब २२ करोड रुपैयाँ बराबरको ठेक्कामा असहमति जनाएपछि कुशवाहालाई धम्की दिँदै हटाउने रणनीति बनाइएको थियो। दुई साता अघि मुख्यमन्त्रीको कार्यकक्षमै कुशवाहासहित कर्मचारीलाई ज्यान मार्ने धम्कीसमेत दिइएको थियो।

विशाल पण्डितमाथि यस्तै प्रकृतिका चार ठेक्कासम्बन्धी मुद्दा अख्तियारमा दर्ता भइसकेका छन्। तर राजनीतिक संरक्षणका कारण उनी उम्कँदै आएका छन्।

यस घटनाले स्वास्थ्य आपूर्ति प्रणालीमा माफियातन्त्र हावी भएको भन्दै कर्मचारी र सचेत वर्गले आपत्ति जनाएका छन्। डा. कुशवाहाले कानुनी बाटो अपनाउने तयारी गरिरहेका छन् भने मन्त्री र पण्डित पक्ष मौन छन् ।

सम्बन्धित खबर