LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेशका किसान चिन्तामा चिन्तित किसानलाई तत्काल राहत दिन भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सिचाईको लागि सक्रियता देखाएको छ ।

लामो समयदेखि वर्षा नहुदाँ धान रोपाई प्रभावित भएको छ भने रोपिएको धान पनि सुख्न थालेपछि किसानहरु चिन्ता र तनावमा परेका छन् । यस्तो अवस्थामा किसानलाई तत्काल राहत पुर्याउने उदेश्यले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको निर्देशनमा प्रदेशका ८ वटै जिल्लामा स्यालो टयुबवेल जडान सुरु गरिएको छ।

खेतमा लगाएका धान सुख्नबाट जोगाउन तथा धान रोपाईको लागि पानि तत्काल पानि उपलब्ध गराउने उदेश्यले मन्त्री क्षेत्रीले आफ्ना मन्त्रालय मातहत रहेका ८ वटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि विकास निर्देशनालयसहितलाई खेतहरुमा स्यालोट्युबवेल जडान गरि किसानलाई राहत दिन निर्देशन दिएका हुन् ।

मन्त्री क्षेत्रिको निर्देशन पश्चात वटै जिल्लाका कृषि ज्ञान केन्द्रहरुले धामाधम सुचना प्रकासित गरि स्यालोट्युबवेलको लागि आवेदन दिन किसानहरुलाई आह्वान गरेका छन् । जिल्ला कृषि ज्ञान केन्द्र धनुषा, महोत्तरी, सप्तरी, रौतहटसहितले स्यालोट्युबवेलका लागि आवेदन दिन सुचना निकालि सकेका छन् । कतिपय केन्द्रले स्यालोट्युबवेल आपुर्ति गर्ने कम्पनिहरुलाई पनि आह्वान गरिसकेको उल्लेख गर्दै मन्त्री क्षेत्रीले अव बढीमा १० दिनभित्र स्यालोटयुबवेल जडान सुरु हुने बताए ।

लामो समयदेखि वर्षा नहुदाँ खडेरी परेर धान रोपाई हुन सकिरहेको छैन, रोपिएको धान पनि सुख्न थालेको छ, मन्त्री क्षेत्रीले भने,‘ म आफ्ै विभिन्न जिल्लामा गएर अनुगमन गरेको छु । धेरै खेतहरुमा अझै रोपाईन हुन सकेका छैन । रोपिएका बालिहरुपनि पानि अभावमा सुख्न थालेको छ । त्यसकारण तत्काल देखिएको समस्या समाधानको लागि हाम्रो मन्त्रालयबाट हुन सक्ने हरेक प्रयास गरिरहेका छौ ।’

स्यालोट्युबवेलका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको ६ करोड ५५ लाख र बालि प्रर्बधनसहितको शिर्षकोे ११ करोड गरि १७ करोड ५५ लाख रुपैयाँ स्यालोट्युबवेलमै खर्च निर्णय भएको मन्त्री क्षेत्रीले बताए । अहिले मन्त्रालयको नियमित बजेटबाटै यो अभियान थालेका छौ, मन्त्री क्षेत्रीले भने,‘ प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेकोले किसानहरुलाई थप राहतको लागि मुख्यमन्त्री ज्युसँग छलफल गरि अतिरिक्त बजेट माग गर्छौ ।’

वर्षा नहुदाँ पनि विगतका वर्षहरुमा यस मन्त्रालयबाट वित्तरण गरिएको स्यालोट्युबवेलको कारणले पनि धान रोपाई भएको मन्त्री क्षेत्रीले बताए । गत आर्थिक वर्षमा झण्डै आफ्नो मन्त्रालयबाट २१सय स्यालोट्युबवेल किसानहरुलाई वित्तरण गरिएको मन्त्री क्षेत्रीले बताए ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा.सरोज चौधरीका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा सोलार स्यालोट्युबवेल ३३३ र इलेक्ट्रिक स्यालोट्युबवेल १८९२, आर्थिक वर्ष २०७७÷०७८ मा सोलार स्यालोट्युबवेल ३४० र इलेक्ट्रिक स्यालोट्युबवेल १०१५ र २०७९÷०८० मा ३३ सोलार स्यालोट्युबवेल र १०५६ इलेक्ट्रिक स्यालोट्युबवेल र आर्थिक वर्ष २०८०÷२३२५ वटा इलेक्ट्रिक स्यालोट्युबवेल प्रदेशभरि वित्तरण गरिएको छ ।

 

सम्बन्धित खबर