LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |
जनकपुरधाम ।  सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको हत्या गरिएको छ ।

७५ वर्षीय अनिल लाल यादवलाई सुतेकै अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहान सवा ६ बजे गम्भीर घाइते अवस्थामा फेला परेका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल, सिरहा लगिएको थियो । तर बिहान ८:२० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर