LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधामको थापा चोकमा गुडिरहेको रेलले एक कारलाई ठक्कर दिएको छ। आज बिहान करिब साढे ८ बजे कुर्था रेल्वे स्टेशनबाट भारतको जयनगरतर्फ गइरहेको रेलले क्रसिङमा अड्केको  कारलाई ठक्कर दिएको हो।


ठक्करबाट मानवीय क्षति नभए पनि कारमा ठूलो भौतिक क्षति भएको छ। रेलको ठक्करले कारलाई करिब २५ मिटर टाढासम्म धकेलेको बताइएको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा कारलाई रेलमार्गबाट हटाएपछि रेल सेवा पुनः सुचारु भएको हो।
धनुषाका प्रहरी नायव उपरीक्षक वरुण सिंहका अनुसार कार चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

सम्बन्धित खबर