काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन)को २७औं साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा भागवत भट्टराई विजयी भएका छन्।
शनिबार सम्पन्न भएको निर्वाचनमा भट्टराईले १८ मतान्तरले विजयी हासिल गरेका हुन्। उनले ११० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ मत पाए। अध्यक्षमा प्रतिस्पर्धा गरेकी आशा थपलियाले ४१ मत प्राप्त गरिन्।
हासचिवमा कमल कुमार बस्नेत ३५ मतान्तरले विजयी भए। उनले १३९ मत ल्याउँदा उनका प्रतिद्वन्दी अच्युत पुरीले १०४ मत मात्र पाए।
कोषाध्यक्षमा ममता थापा विजयी भइन्। उनले १३३ मत ल्याउँदै केशु लामिछानेलाई २५ मतले पछि पारेकी हुन्।
त्यस्तै सदस्यतर्फ सीमा तामाङ, भोजराज भण्डारी, राजु बास्कोटा, अर्जुन तामाङ र कमल धिताल विजयी भएका छन्।
यस अघि उपाध्यक्षमा जीवन बस्नेत र सचिब शंकर पन्डित शुक्रबार नै निर्विरोध भएका थ








