LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै नेकपा एमालेले काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको छ ।

एमालेले आजै सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तासँगै एमाले र जनमत पार्टीले नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउनेगरी बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको हो। प्रदेशसभामा १०७ सदस्य छन् । जसमा सरकार बनाउन ५४ मत आवश्यक पर्छ। यस्तो अवस्थामा एमालेका २३, काँग्रेसका २२ र जनमतका १३ गरि ५८ जना सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी गरिएको हो।

यता, सत्ता गठबन्धनमा रहेका लोसपाले भने अहिले समर्थन गरेको छैन। लोसपा आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयासरत छ । मुख्यमन्त्री सिंहले आजै राजिनामा दिने आश्वासन दिएका थिए । तर उनले विश्वासको मतको सामना गर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिँदै काँग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन समर्थन गरेको हो ।

एमाले, काँग्रेस र जनमतबीच ८ असोजमै काँग्रेस नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो। जनमत र एमालेबीच सहमति भएपछि काँग्रेसले ८ असोजमै सरकारबाट समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । गठबन्धनका दलहरुले लोसपालाई पनि साथमा ल्याउने प्रयास गरे पनि लोसपाले आफ्नै नेतृत्वको अडान नछोडेपछि उनीहरुले लोसपालाई बाहिर राखेर नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन् ।

यसैबीच, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्री सिंहले २४ भदौमा समाजिक सञ्जालमार्फत राजिनामा दिएको तर पछि पार्टीको निर्देशन उल्लंघन गर्दै पद नछोडेको बताए। संसदीय दलले कारर्वाहीको लागि सिफारिस गर्दापनि मुख्यमन्त्री राजिनामा नदिने अडान थिए । पार्टीको बदनाम हुने अवस्था देखेर पार्टीले काँग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन समर्थन गर्न बाध्य भएको उनले बताए ।

सत्ता गठबन्धनका दलबीच भएको सहमति अनुसार अब काँग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

सम्बन्धित खबर