मधेशमा नयाँ सरकार गठनको आह्वान,काँग्रेसले दावि पेश गर्ने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सशित कुमार सिंहको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरिएकी मधेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलवार मुख्यमन्त्री सिंहको राजिनामा स्वीकृत गर्दै दलहरुलाई भोली बुधवार अपरान्ह ४ बजे सम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पु¥याएर दाबी पेश गर्न आह्वान गरेकी हुन् । प्रदेश सभामा १०७ सदस्य रहेका छन् । सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।
विभिन्न १० वटा राजनीतिक दल रहेको मधेश प्रदेश सभामा नेकपा एमाले २५, कांग्रेसको २२, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक÷एक गरी १०७ जना सदस्य छन् । १०७ मध्ये एमाले र लोसपाका एक÷एक साँसद निलम्बित अवस्थामा छन् ।
विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री सिंहले अन्ततः दिए राजिनामा
जेन–जी आन्दोलनको क्रममा २४ भदौमा समाजिक सञ्जाल मार्फत राजिनामा दिईरहेका मुख्यमन्त्री सिंहले महौल शान्त भएपछि आफु राजिनामा नदिने बताए । सार्वजनिक रुपमा राजिनामाको घोषणा गरेर पछि हटेपछि मुख्यमन्त्री सिंहका पार्टीले राजिनामा दिन दवाव दिए । तर पनि राजिनामा दिन राजि नभएपछि पार्टीले सरकारबाट समर्थन फिर्ता लिएर र कारर्वाही गर्ने धम्की दिए । त्यसपछि सरकारलाई सहयोग गर्ने काँग्रेस र एमालेले पनि साठ छोडदाँ पनि मुख्यमन्त्री सिंहले राजिनामा नदिने वरु संसदमा विश्वासको मत लिने अडानमा थिए । र उनी २८ गते विश्वासको मत लिने घोषणा गर्दै सत्तामा बसिरहे । आज मंगलवार विश्वासको मत लिनुअघि प्रदेश सभामा सत्ता पक्षको बेन्चमा उनी एक्कला साँसद भए । सुरुदेखि उनलाई साथ दिने लोसपाले पनि विश्वासको मत लिने पुर्वसन्धयामा साथ छोडे । भने उनलाई सहयोग गर्ने शिक्षा तथा साँस्कृति पनि लोसपाकी रानि शर्मा तिवारी पनि सोमवार साँझ राजिनामा दिदाँ मुख्यमन्त्री एक्कै सरकारमा थिए ।
सभालाई सम्बोधका क्रममा आफ्नो दल र सहयोग दलहरुप्रति आफ्ना भरास निकाल्दै मुख्यमन्त्री सिंहले विश्वासको मत नदिलिई राजिनामा दिएको घोषणा गरे । उनले आफ्नो दल जनमतका नेतृत्वले आफुसँग अन्याय गरेको आरोप लगाए । करिव ३५ मिनेट सम्म लिखित भाषण पढेका मुख्यमन्त्री सिंहले भने,‘ यो जानकी ठाउँ हो । यहाँ अन्याय गर्नेलाई कहिले भलो हुदैन ।’
आफ्नो पार्टीका मन्त्रीहरुले गल्ति गर्दापनि आफुलाई नै अध्यक्षले त्यसको जिम्मेवार बनाउने गरेको खुलासा समेत गरे । सुरुमा राजिनामा रोकाएर काँग्रेस र एमालेले आफुसँग विश्वासघात र भरोसा तोडेको उनले आरोप लगाए । उनले आफ्ना १५ महिने कार्यकालको प्रमुख उपलब्धीको रुपमा अस्पतालहरुको अनुगनको रुपमा सभालाई जानकारी गराए ।

एमाले र जनमतको सहयोगमा काँग्रेसले सरकारको लागि दावि पेश पुनः गर्ने
प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि दलहरुले नयाँ सरकार गठनको लागि तयारी थालेको छ । हुनत मुख्यमन्त्री सिंहले राजिनामा दिनु अघि नै नेकपा एमाले र जनमत पार्टीको समर्थनमा नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको लागि वहुत साँसदको हस्ताक्षर सहित दावि गरे गरिसकेका छन् । तर संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री पदमा रहेकै अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान नगरेकोले काँग्रेसको त्यो दावि पत्र प्रदेश प्रमुख कार्यालयले दर्ता गरेको थिएन ।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार गठनको लागि पुनः दावि पेश गर्ने बताए । उनले भने,‘ सरकारका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने दावि पेश गर्छौ ।’ ‘काँग्रेस, एमाले र जनमतको संयुक्त सरकार हुन्छ, उनले भने,‘ त्यसमा कुनै दावा हुदैन । यो विषयमा हामी तीन दल स्पष्ट छौ ।’
यता, एमालेका संसदीय दलका नेता सरोज यादवले एमाले र जनमतले संयुक्त रुपमा काँग्रेसलाई सरकारको नेतृत्व दिने गरि सहमति गरसकेको अवस्थामा अन्य कुनै पार्टीलाई सहयोग गर्ने कुरा नहुने दावि गरे । ‘एमाले यो विषयमा स्पष्ट छ,‘ उनले भने,‘ त्यसभन्दा तलमाथि हुने कुरा आउँदैन ।’
अहिले नेपाली काँग्रेसको जनकपुरधामस्थित प्रदेश पार्टी कार्यालयमा एमाले र जनमतका सासदबीच नयाँ सरकार गठनको विषयमा छलफल भईरहेको छ । प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि दावि पेश गर्नु अघि काँग्रेस, एमाले र जनमत बीच अहिले मन्त्रालय बाडफाँडको विषयमा छलफल भईरहेको काँग्रेसका एक नेताले बताए ।
मन्त्रालयको बीचमा दलहरु बीच सहमति भएको खण्डमा आजै राती प्रदेश प्रमुख कार्यालयमा नयाँ सरकार गठनका लागि दावि पेश गरिने उनले बताए । उनका अनुसार जनमत पार्टीले अर्थ मन्त्रालयमा मागि रहेका छन् । तर काँग्रेसले अर्थ मन्त्रालय दिन नसकिने बताईरहेका छन् । उत्ताले एमालेले भौतिक पुर्वाधारसहित ५ मन्त्रालयमा दावि गरिरहेका छन् । तर काँग्रेसले ४ वटा भन्दा बढी मन्त्रालय दिन नसक्ने बताईरहेका छन् । मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाहेक ११ वटा मन्त्रालय रहेको छ ।
लोसपा ‘हेर र प्रतिक्षा गर’को नीतिमा
उत्ता, आफ्नो नेतृत्वमा सरकार गठनको हुनुपर्ने अडान दिलै काँग्रेस, एमाले र जनमत गठबन्धनबाट अलग भएका लोसपा भने अहिले ‘हेर र प्रतिक्षा गर’को नीति लिएका छन् । वाहिर ‘हेर र प्रतिक्षा गर’को नीति लिएपनि आन्तरिक रुपमा जसपा नेपालसहित विपक्षी दलहरुसँग सम्वादमा रहेका छन् । तर विपक्षी दलहरुको सँग सरकार बनाउने सुविधाजनक मत नरहेको अवस्थामा जनमत पार्टी वा एमालेको सहयोग प्राप्त खोजि रहेका लोसपाका एक साँसदले बताए ।
काँग्रेस, एमाले र जनमत बीच मन्त्रालयको बाँडफाँडमा सहमति नभएको खण्डमा लोसपाले खुलेर सरकारको लागि अगाडी आउने ति साँसदले बताए । यसैबीच, आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको लागि लोसपा अध्यक्ष महन्थ ठाकुरपनि यतिवेला जनकपुरमै सक्रिय भएका छन् । जनकपुरकै एक होटलमा बसेर विपक्षी दलका साँसदहरुसँग अनौपचारिक छलफलमा गरिहेका छन् ।






