LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । दिनभरिको रसाक्सी पछि बुधवार मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका साँसद जितेन्द्र सोनार(सोनल) नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संसिवधानको धारा १६८को उपधारा २ बमोजिम लोसपाका जितेन्द्र सोनललाई नियुक्त गरेकी छिन् ।
जसपा नेपाल, माओवादी केन्द्र, जनमत, नेकपा एस र नागरिक उन्नमुक्ति पार्टीको समर्थनमा प्रदेश प्रमुख भण्डारी सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री सोनलले भोलि बिहिवार सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
आजै विहान लोसपाले विभिन्न ६ दलको समर्थनमा नयाँ सरकार गठनको लागि दावि पेश गरेका थिए । २४ भदौमा समाजिक सञ्जाल मार्फत राजिना दिएपनि विश्वासको मत लिने अडानमा रहेका जनमतका मुख्यमन्त्री सशित कुमार सिंहले मंगलवार अन्ततः राजिनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले मंगलवार नै बुधवार ४ बजे सम्मको नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी थिईन ।

काँग्रेसले पनि नेकपा एमाले र जनमतको समर्थन आफुलाई रहेको भन्दै नयाँ सरकार गठनको लागि दावि पेश गरेका थिए । काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले आफुहरुले मंगलावर साँझ नै नयाँ सरकार गठनको लागि दावि पेश गरेको दावि गरे । तर पेश गरेको दावि पत्र प्रदेश प्रमुख कार्यालयले आज मात्रै दर्ता गरेका थिए । पछि जनमत पार्टीले काँग्रेसले दावि गरेको पत्र अधिकारिक नरहेको र आफ्नो पार्टीको समर्थन लोसपाका मुख्यमन्त्री सोनललाई रहेको भन्दै प्रदेश प्रमुख कार्यालयमा लिखित रुपमा पत्रचार गरेपछि प्रदेश प्रमुख कार्यालय काँग्रेसले दावि गरेको पत्रलाई खारेज गरेका थिए ।

त्यसपछि काँग्रेसले जनमत विभाजन भईसकेको अवस्थामा जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले नरहेको र लोसपाले सरकार गठनको लागि दावि गरेको पत्र कानुनी मान्यता नपाउने भन्दै विरोध गरेका थिए । काँग्रेसले जनमतका साँसदहरुलाई सनाखत हुनुपर्ने माग समेत गरेका थिए । काँग्रेसको अडान पछि केहि समयका लागि प्रदेश प्रमुख कार्यालयमा तनावग्रस्त समेत बनेको थियो । प्रदेश कार्यालयका थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रदेश प्रमुख भण्डारीले आन्तरिक छलफल पश्चात बुधवार साँझ मात्रै लोसपाका मुख्यमन्त्री सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सोनलको नियुक्त असंवैधानिक भएको भन्दै काँग्रेसले गरेको बदरको माग

लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालय अगाडी नाराबाजी गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई असंवैधानिक रुपमा मुख्यमन्त्रीमा गरेको नियुक्ति गरेको भन्दै त्यसको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।जनमत पार्टी फुटिसकेको अवस्थामा प्रदेश प्रमुखले असंवैधानिक बाटोबाट सोनललाई नियुक्ति गरेको भन्दै उनीहरूले नियुक्ति तत्काल सच्याउन माग राखेका छन् ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सोनल र काँग्रेसका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको दावि परेको थियो । दुवै पक्षले नियुक्तिको लागि प्रदेश प्रमुख कार्यालय पुगेका थिए । तर अन्त्यमा प्रदेश प्रमुख भण्डारीले लोसपाका सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेके थिईन ।

सम्बन्धित खबर