LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) निकट युवा पुस्ताले नयाँ संगठन ‘जेन जेड रेड फोर्स’ गठन गर्दै राजनीतिक, आर्थिक र सामाजिक सुधारका माग सार्वजनिक गरेका छन् । केहि दिन अघि पोखरामा माओवादी केन्द्र निकट युवा पुस्ताको एक भेलाले दष्य अधिकारीको संयोजकत्वमा गण्डकी प्रदेश जेन जेड रेड फोर्स गठन गरिएको थियो । उक्त संगठनले आफूलाई “नयाँ पुस्ताको चेतना, ऊर्जा र इमानको प्रतीक” भन्दै पुरानो राजनीतिक संस्कृतिलाई विस्थापित गरी उत्तरदायी नेतृत्व र पारदर्शी शासनको सुरुवात गर्ने घोषणा गरेको छ ।
संगठनद्वारा जारी वक्तव्यमा भनिएको छ, देशमा देखिएको दीर्घकालीन अस्थिरता, भ्रष्टाचार र नीतिगत अन्योलले विकास रोकिएको छ। त्यसको समाधानका लागि जनताबाट सिधै निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ ।
भ्रष्टाचारलाई विकास र न्यायको मुख्य बाधक ठहराउँदै, संगठनले भुटानी शरणार्थी, एनसेल, वाइडबडी लगायतका सबै मुद्दाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानूनी कारबाही गर्न माग गरेको छ ।
त्यसैगरी, संगठनले योग्यता र दक्षतामा आधारित प्रणाली (मेरिटोक्रेसी) कायम गर्न, संवैधानिक निकायहरूमा राजनीतिक भागबन्डा अन्त्य गर्न र स्वतन्त्र छनोट प्रक्रिया लागू गर्नुपर्ने जनाएको छ । जेन जेड रेड फोर्सले २००७ सालदेखि सत्तामा पुगे सबै नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र राष्ट्रिय आयोग गठनको माग गरेको छ। सम्पत्ति विवरण सार्वजनिक गरी अकुत सम्पत्तिमा कानूनी कारबाही गर्नुपर्ने माग वक्तव्यमा उल्लेख छ।
संगठनले पीसीएल नर्सहरूको सेवा–सुविधा सुधार, सहकारी पीडितहरूलाई न्याय र गार्खकाली टायर, हेटौंडा सिमेन्ट र भृकुटी कागज कारखाना जस्ता बन्द उद्योगहरू पुनः सञ्चालन गरी रोजगारी सिर्जना गर्नुपर्नेमा पनि जोड दिएको छ ।

सम्बन्धित खबर