LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । भारतका विभिन्न स्थानबाट उद्धार गरिएका १६ नेपाली बालबालिकालाई बिहीबार अभिभावकको जिम्मा लगाइएको छ ।

बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, जनकपुरधामले ‘किन इण्डिया’ र रोटरी क्लब लुम्बिनी सिद्धार्थनगरको सहकार्यमा उद्धार गरिएका ती बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको हो ।
राष्ट्रिय बाल परिषद्का प्रदेश समन्वय अधिकृत संजीव महतोका अनुसार उद्धार गरिएका १६ जना बालबालिका मध्ये दुई बालिका रहेका छन् । ती बालबालिकालाई भारतका महाराष्ट्र राज्यका मुम्बई, राजधानी दिल्ली र बिहारका विभिन्न स्थानबाट उद्धार गरी बुधबार जनकपुरधाम ल्याइएको थियो ।

‘किन इण्डिया’का निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएका बालबालिकाहरूलाई भारतको दरभंगा र मधुबनी बाल केन्द्रमा संरक्षणमा राखिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएपछि बिहीबार अभिभावकको जिम्मा लगाइएको हो।
तीमध्ये रौतहटको मदरसाबाट तीन महिनाअघि फरार भई भारत पुगेका १५ वर्षीय बालकलाई आमाको जिम्मा लगाइएको छ । उनले मोबाइल र नयाँ कपडा नकिनिदिएको कारण आवेगमा साथीहरूसहित भारत भागेर गएका थिए।

जोशीले किन इण्डियाले हालसम्म एक हजारभन्दा बढी बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइसकेको छ । उद्धार गरिएका बालबालिका धनुषा, महोत्तरी, सिरहा, रौतहट र सप्तरी जिल्लाका हुन् ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवले ऐन–कानूनको कडाइका साथ कार्यान्वयनले बाल बेचबिखनजस्ता घटनामा नियन्त्रण ल्याउन सकिने बताएका छन् । स्थानीय तहमा बाल कल्याण अधिकारीको नियुक्ति र तथ्यांक संकलन प्रणाली प्रभावकारी बनाए यस्ता घटना घट्ने उनले विश्वास समेत व्यक्त गरे ।

रोटरी क्लब लुम्बिनी सिद्धार्थनगरका पर्शुराम पराजुली, नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलगायतले बाल बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी र कडाइ आवश्यक रहेकोमा जोड दिएका थिए ।

सम्बन्धित खबर