LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार(सोनल)ले आज विश्वासको मत लिने भएका छन् ।

सोमबार मधेश प्रदेशसभामा आधिकारिक पत्र पठाएर विश्वासको मत लिन व्यवस्था मिलाई दिन उनले आग्रह गरेका थिए । २९ असोजमा विभिन्न पाँच दलको बहुमत साँसदको समर्थनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपाका साँसद सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन । जनता समाजवादी पार्टी(१९, जनमत १३, माओवादी केन्द्र ९, नेकपा एस ७, लोसपा ९को गरि ५६ साँसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोनल आज दिउँसो १ बजे विश्वासको मत लिने भएको छ ।

मुख्यमन्त्री सोनारले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । १०७ सासद रहेको प्रदेश सभामा सरकारको लागि ५४ सिट आवश्यक छ ।

मुख्यमन्त्री सोनललाई नागरिक उन्नमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत विश्वासको मत दिने जनाएको छ । जनमतको विभाजन, माओवादी केन्द्र र नेकपा एसको एकिकरण र जसपाका एक साँसद निलम्बनका परेकोले मुख्यमन्त्री सोनललाई विश्वासको मत पुरा गर्न सकस देखिन्छ । तर कुनै अस्भाविक राजनीतिक घटना नभएको खण्डमा सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउने अवस्था देखिन्छ ।

सोनललाई काँग्रेसले पनि विश्वासको मत दिने चर्चा चलेको थियो । तर शुक्रवार बसेको काँग्रेसको संसदीय दलको बैठकले भने प्रतिपक्षमै बस्ने र सरकारलाई विश्वासको मत दिने वा नदिने विषय अवस्था हेरि निर्णय लिने निर्णय गर्ने छलफल भएको काँग्रेसका प्रमुख सचेतक कुमर कान्त झाले बताए ।

सम्बन्धित खबर