LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । सात दलका सांसद तथा नेता कार्याकर्ताहरूको विरोधका बावजुद नवनियुक्त मुख्यमन्त्री सरोज यादवले आज पदभार ग्रहण गरेका छन् । उनले आज दिउँसो साढे ४ बजे हाल मधेश भवनभित्र रहेको कभर्ड हलमा पदभार ग्रहण गरेका हुन् ।

जेन–जी आन्दोलनका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनी भएपछि अहिले ती कार्यालय कभर्ड हलमा सारिएको छ । त्यहीँबाट मुख्यमन्त्री कार्यालयले दैनिक कार्य सम्पादन गर्ने गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लालबाबु कवाडीले मुख्यमन्त्री यादवलाई पदभार ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री यादवले मधेश आन्दोलनका शहीदलाई मधेश रत्न र नगद राशिसहित सम्मान गर्ने पहिलो निर्णय गरेको सचिव कवाडीले बताए । सोमबार बिहानै मुख्यमन्त्रीको शपथ लिएका यादवले नेपाली कांग्रेससहित सात दलको अवरोधका कारण पदभार ग्रहण गर्न सकेका थिएन । विपक्षी दलहरूले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक प्रक्रियाबाट भएको भन्दै मंगलबार दिनभरि मधेश प्रदेश भवनअगाडि धर्ना दिएका थिए ।


विपक्षी दलहरूले विरोध प्रदर्शन गरिरहेकै बेला सुरक्षाकर्मीले स्कर्टिङ गरेर मुख्यमन्त्री यादवलाई मधेश भवनमा छिराएका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । प्रदर्शनकारीलाई तितबितर पार्न प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रहरीले गरेको लाठीचार्जमा पत्रकार सुरेन्द्र यादवसहित एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । पत्रकार यादवको टाउको फुटेको छ । त्यसैगरि,लोसपा मधेश प्रदेशका मुख्य सचिव रामविनोद चौधरी गम्भीर रूपमा घाइते भएका छन् । त्यस्तै, पार्टीका केन्द्रीय सचिव ज्ञानेन्द्र झा, मोहोत्तरीको बलवा नगर समितिका अध्यक्ष रमेश्वर मण्डल, विद्यार्थी नेता अजय पण्डित लगायतका कार्यकर्ता पनि लाठीचार्जमा परेर घाइते भएका छन् ।

यस्तै, जनमत पार्टीका महोत्तरी जिल्ला इञ्चार्ज विरेन्द्र मण्डल र विद्यार्थी जनमत संघ धनुषाका जिल्ला अध्यक्ष विरेन्द्र यादव समेत प्रहरीको दमनबाट घाइते भएको जनाइएको छ ।घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था वारे जानकारी लिन निवर्तमान मुख्यमन्त्री जितेनद्र सोनल प्रादेशिक अस्पताल पुगेका थिए ।

सम्बन्धित खबर