LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धनुषामा एक वडाध्यक्षलाई गोलि हानी हत्या गरिएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवलाई शुक्रवार साँझ समान्य विवादमा गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

आज शुक्रबार साँझ मृत्युको संस्कारको भोजमा सहभागि भएका वडाध्यक्ष यादवलाई मिथिलाबिहारी नगरपालिका–९ अन्दुपट्टिस्थित यादवलाई गोलि प्रहरी गरि हात्या गरिएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भिर घाईते भएका वडाध्यक्ष यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम कुवरले बताए ।

वडाध्यक्ष यादव भोज खाईरहेको अवस्थामा ४÷५ जनाको समुहका आएका स्थानीय शम्भु यादवले कुटपिट गर्न लाग्दा वडाध्यक्षका आफन्तले प्रतिकारमा उत्रेका थिए । त्यसपछि शम्भुले प्याकेटबाट कटुवा पेस्तोल निकालि वडाध्यक्ष यादवलाई छातिमै गोलि चलाएका थिए । उनीहरु बीच जमिनको पुरानो विवाद रहेको बताईएको छ । गोलि चलाउने यादव पेशाले सहायक प्रहरी हवल्दार हुन् । उनी सप्तरीको पक्की प्रहरी चौकीमा कार्यरत हुन । यादवलाई बचाउने क्रममा ४ जना समेत घाईते भएको उपरीक्ष कुवँरले बताए ।
वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित थिए । प्रहरीले गोलि प्रहार गर्ने सहायक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अगाडी बताएको उनले बताए ।

सम्बन्धित खबर