LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । मधेश प्रदेशको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त नव नियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले अनुशासन र संयमताका साथ अगाडी बढ्न दलहरुलाई आग्रहा गरेका छन् ।
राजनीतिक अस्थिरताले प्रदेशको सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक गतिविधिमा नकारात्मक असर पारेकोमा उनले दुःख व्यक्त गरेका छन् ।
न्ेपाली काँग्रेससहित सात दलको भेटघाट पश्चात शुक्रवार प्रदेश प्रमुख लाभले जारी गरेको प्रेस विज्ञप्तिमा सबै राजनीतिक पक्षलाई सहकार्य र संयमित आचरण अपनाउन आग्रह गरेका छन्। समाज निरन्तर गतिशील रहने बताउँदै उनले आरोह–अवरोह स्वाभाविक भए पनि अनुशासन, संयमता र दृढताका साथ लक्ष्यतर्फ अघि बढ्नुपर्ने आवश्यकता उनको नभाई छ ।
‘प्रदेशमा बढ्दो अनिश्चितता, आशंका, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक कामसमेत प्रभावित भएको छ । त्यसैले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ आत्मसात् गर्दै एक–अर्काको अस्तित्व र मर्यादालाई सम्मान गर्न सबै पक्षलाई आह्वान गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।
मधेश प्रदेश संघीयता कार्यान्वयनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको क्षेत्रमा पर्छ, त्यसैले संघीयताको सबलीकरण र संवद्र्धनमा यहाँका नागरिक, राजनीतिक नेतृत्व तथा प्रदेश सरकारको विशेष जिम्मेवारी रहेको उनको भनाई छ ।
समुन्नत भविष्यको मार्ग प्रशस्त गर्ने दिशमा सबैले हातेमालो गरि अग्रसर हुनु अहिलेको आवश्यकता रहेको विज्ञप्तीमा भनिएको छ ।
उपस्थित राजनीतिक समस्याको विधिसम्मत समाधान निकाल्दै सुशासनयुक्त, सुशिक्षित, सुस्वस्थ र समुन्नत मधेश निर्माणमा सबै दल, राजनीतिक नेतृत्व, सञ्चारकर्मी, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज तथा प्रदेशका कर्मचारी एकताबद्ध हुनुपर्ने प्रदेश प्रमुख लाभले आग्रह समेत गरेका छन् ।

सम्बन्धित खबर