LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै दर्ता गरिएको प्रस्तावबारे नेपाली कांग्रेससहित सात दलले उपसभामुख बबिता राउत इसरसँग जानकारी लिएका छन् ।

२७ कार्तिकमा आफुहरुले सभामुख विरुद्ध दर्ता गराएका प्रस्तावबारे जानकारी लिन आज शनिबार दिउँसो उनीहरू नारा जुलुससहित प्रदेश सभामा पुगेका थिए। प्रदेश सभा सचिवालय बन्द भएको कारण उनीहरूले प्रदेश सभापरिसरमै धर्ना दिएका थिए। प्रदेश सभाको भल्को दिनेगरि उपसभामुख बबिता राउत धर्नास्थलमा पुग्नुअघि नै त्यहाँ टेबल र कुर्सी राखिएको थियो। प्रदेश सभा संचालनको जस्तै उपसभामुखले कुर्सीमा बसेर सांसदहरूको कुरा सुनेकी थिइन्।

उपसभामुखसँगको भेटमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले सभामुख मण्डलविरुद्ध दर्ता गरिएको प्रस्तावको अवस्था र अगाडी बढाउन माग गरे । सभामुख दलीय प्रभावमा भनदै उनले निष्पक्षता र पदअनुरूपको व्यवहार देखाउन नसकेकाले आफुहरु उहाँ विरुद्ध प्रस्ताव दर्ता गराएको बताए ।

भेटमा जसपा नेपालका संसदीय दलका नेता तथा पुर्व सभामुख सरोज कुमार यादवले भने,‘ यो ७४ जना प्रदेश साँसद यो सभामुखको विपक्षमा छौ । यदि प्रदेश सभाको बैठक संचालन भएन भने हामी वाहिरबाट सभामुख चुनेर यहाँ प्रदेश सभा संचालन गर्छौ ।’
सांसदहरूको कुरा सुनेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभामुखले राउतले प्रदेश सभा अवरोधको कारण प्रक्रिया अगाडी नबढेको बताईन ।

पदीय आचरण अनुसार व्यवहार प्रदर्शन नगर्ने सभामुखविरुद्ध प्रस्ताव दर्ता गर्नु सांसदहरूको अधिकार रहेको उल्लेख गर्दै उनले भने,‘ सभामुख विरुद्ध प्रस्ताव दर्ता गराउन आउने साँसदमाथि हातपात, कुटपिट गर्नु दुःखद घटना हो ।साँसदहरुलाई भय त्रास देखाईएको छ ।’ आफुविरुद्धको प्रस्ताव दर्ता हुदैमा सभामुखले देखाएको व्यवहार दुर्भाग्यपुर्ण र खेदजनक रहियो, उनले भनिन्,‘ सभामुखको नियत ठिक भएको भएर यो समस्याको समाधान बसेर सामाधान गर्न सकिन्थियो । तर उहाँ उल्टै प्रदेश सभामा नियमत आउने पाँच जना साँसदलाई प्रतिशोधपुर्ण तरिकाले पदमुक्त गर्नुभो ।’

सम्बन्धित खबर