जनकपुरधाम । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक नेपाली काँग्रेससहितका सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।
नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्रीमा नियुक्त गरिएदेखि अशान्त रहेको मधेश प्रदेशको राजनीतिक समास्या सामानधान गर्ने उदेश्यले प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले शनिवार दिउँसो ३ बजे सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सर्वदलीय बैठकमा मुख्यमन्त्री यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले सहभागी हुने देखेपछि सातले उक्त बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जयनुल राईनले असंवैधानिक प्रक्रिया मार्फत मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता यादव बैठकमा सहभागि भएकोले आफुहरुले बैठक बहिस्कार गरेको बताए । उनले भने,‘ हामीलाई सर्वदलीय बैठकमा लागि प्रदेश प्रमुख कार्यालयबाट ३ बजे बोलाईएको थियो । तर सो बैठकमा वर्तमान मुख्यमन्त्री दलका नेताको हैसियतमा सहभागि हुने देखेपछि हामी बैठकमा सहभागि नहुने भनेर प्रदेश प्रमुख ज्युलाई जानकारी गराऔँ ।’
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले भने,‘ हामी जो विरद्ध लडिरहेका छौ, उनीसँगै बस्ने कुरा हुदैँन । त्यसकारण हामी बैठक बहिस्कार गरिर्यौ ।’ एमालेका तर्फबाट मुख्यमन्त्री यादव वाहेक कुनै व्यक्ति बैठकमा सहभागि भएको अवस्थामा आफुहरु सहभागि हुने उनले बताए ।
सातको बैकठ छु्टै राख्न प्रदेश प्रमुखलाई आग्रहा गरेको उनले बताए । प्रदेश प्रमुख डा.लाभले आफुहरुलाई अनुरोधपछि अर्को दिन बैठक राखिने भनेर आफुहरुलाई जानकारी गराएको उनले बताए ।
बैठकमा सात दलका नेताहरु नपुगेपनि मुख्यमन्त्री यादव भने पुगेका थिए ।






