LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीको रुपमा रहेका मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

२४ कार्तिकमा महोत्तरी र सिन्धुलीको सिमामा पर्ने पानस होटलमा विहान सपथ लिएका तीनै जना मन्त्रीहरुलाई सोमवार जिम्मेवारी तोकिएको हो । सपथ लिएदेखि उनीहरु बिना बिभागीय मन्त्रीको रुपमा रहेका थिए । नेकपा एमालेबाट विना विभागीय मन्त्री रहेका लखन दासलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरि, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारी तरनुमलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाबाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर मुख्यमन्त्री यादवले ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
यता, नेपाली काँग्रेससहित सात दलले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक प्रक्रिया मार्फत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सो रिट माथि अन्तरिम सुनवाई ११ मंसिरमा तोकिएको छ ।

सम्बन्धित खबर