LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । राम–जानकी विवाहपञ्चमी महोत्सव रामकलेवा पश्चात आज सम्पन्न हुँदैछ । जनकपुरधाममा चलिरहेको भव्य राम–जानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज रामकलेवा पश्चात सम्पन्न हुँदैछ ।

महोत्सवको सबैभन्दा महत्वपुर्ण र प्रतीक्षित कार्यक्रम—भगवान राम र जानकीको स्वयम्बर तथा वैवाहिक संस्कार मंगलबार धुमधामका साथ सम्पन्न भएको थियो । मंगलबार दिउँसो जानकी मन्दिरबाट प्रस्थान गरिएको डोला र राम मन्दिरबाट निकालिएको डोला रंगभूमि मैदान, बारह विघामा पुगेर एकअर्कामा भेटिँदा स्वयम्बर सम्पन्न भएको मानिन्छ । दुवै डोलाको मिलनसँगै वातावरण धार्मिक उत्साह, बाजागाजाको धुन र भक्तजनको जयघोषले गुञ्जिएको थियो ।

राम मन्दिरका महन्थ राम गिरी डोलाको नेतृत्व गर्दै दर्जनौँ सवारीसाधन र बाजागाजासहित वारह विघा पुगेका थिए । त्यस अघि नै जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णव पनि लावालस्कर तथा बाजागाजासहित स्थलमा पुगेका थिए । दुवै डोलाको मिलनपछि आकाशैबाट हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिँदा दृश्य अझै मनोहर बनेको थियो ।

स्वयम्बर पश्चात निकालिएको शोभा यात्रा पनि महोत्सवको अर्को आकर्षण बन्यो। शोभा यात्रामा जानकी मन्दिरका छोटा महन्थ रोशन दास, भारतको अयोध्याबाट आएका साधुसन्त, जन्ती तथा हजारौँ सरदालु भक्तजनहरूको उल्लेखनीय सहभागिता थियो ।
राति जानकी मन्दिर परिसरमा राम–सीताको वैवाहिक संस्कार गरियो। विवाहमा राम मन्दिरका महन्थ राम गिरीले राजा दशरथ को भूमिका निभाए भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले राजा जनक को भूमिका निर्वाह गरे।
वैवाहिक समारोहका लागि जानकी मन्दिरलाई दुलहीझैँ सजाइएको छ ।

इलेक्ट्रोनिक बल्बको झिलिमिलि, रङ्गीबिरंगी फूल तथा विवाह मण्डपको आकर्षक सजावटले सम्पूर्ण वातावरण उत्साहजनक बनाईदिएको छ ।
आज राति विवाह कार्यक्रम सम्पन्न भएपछि भोलि (शनिबार) रामकलेवा कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए । रामकलेवामा अयोध्यासहित विभिन्न स्थानबाट आएका साधुसन्त र जन्तीलाई जानकी मन्दिरको तर्फबाट भोजन खुवाई बिदाइ गरिँदै महोत्सव विधिवत् रूपमा समापन हुने उनले बताए ।

सम्बन्धित खबर