LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । महोत्तरीमा सक्रिय रहेका जेन–जी युवाहरूले स्थानीय तहमा देखिएका विभिन्न समस्याहरुको समाधानका लागि प्रमुख जिल्ला अधिकारी र प्रादेशिक अस्पताल जलेश्वरका प्रमुखलाई छुट्छुछै ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय तहका देखिएका समस्या समाधानको लागि तत्काल दबाब दिने उदेश्यले उनीहरु बिहिवार महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रादेशिक अस्पताल जलेश्वरका निमित्त प्रमुख डा. विकासकुमार साहलाई छुट्टाछुट्टै ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
जलेश्वर नगरपालिका र प्रादेशिक अस्पताल परिसरको अव्यवस्था, फोहर समस्या, मणिपाल जग्गा प्रकरणमा पारदर्शिता, सार्वजनिक सरोकारका मुद्दा, हाटबजार ठेक्का प्रक्रियामा अपारदर्शिता तथा सडक मर्मतमा बेवास्ता गएिको उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख्छ ।

जेन–जीहरुले बुझाएको ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी यादवले उठाइएका मुद्दा सम्बन्धित निकायमा पठाइने तथा आवश्यक समन्वय गरिने आश्वासन दिए । त्यस्तै, प्रादेशिक अस्पतालका निमित्त प्रमुख डा. साहले अस्पतालमा सुधारका काम क्रमिक रूपमा भइरहेको र अझ त्यसमा सुधार गर्दै जाने आश्वासन दिएको उनीहरुले बताए ।

सम्बन्धित खबर