LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । बाराको प्रसौनी गाउँपालिकाका किरण वेभरेज प्रालिको पानी उद्योगका प्रबन्धक रामकिशोर सिंहको हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले प्रबन्धक सिंहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको नाम अहिले प्रहरीले सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालले अहिले पक्राउ परेका दुवै जनासँग सोधपुछ भईरहेकोले नाम सार्वजनिक नगरिएको बताए ।

सर्लाहीको धनकौल गाउँपालिका–२ का ४२ वर्षीय रामकिशोर सिंहलाई बिहीबार राति पानी उद्योगदेखि करिब ५० मिटर उत्तरतर्फ धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको थियो। रातिको समयमा आक्रमणमा परेका सिंहको शव शुक्रबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

सम्बन्धित खबर