LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । बाराको प्रसौनी गाउँपालिकाका किरण वेभरेज प्रालिको पानी उद्योगका प्रबन्धक रामकिशोर सिंहको हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले प्रबन्धक सिंहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको नाम अहिले प्रहरीले सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालले अहिले पक्राउ परेका दुवै जनासँग सोधपुछ भईरहेकोले नाम सार्वजनिक नगरिएको बताए ।

सर्लाहीको धनकौल गाउँपालिका–२ का ४२ वर्षीय रामकिशोर सिंहलाई बिहीबार राति पानी उद्योगदेखि करिब ५० मिटर उत्तरतर्फ धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको थियो। रातिको समयमा आक्रमणमा परेका सिंहको शव शुक्रबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

सम्बन्धित खबर