LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी माहोल तातिँदै गएको छ । मौन अवधि सुरु हुनुअघि अन्तिम चरणको प्रचारप्रसारका क्रममा जुलीकुमारी महतो ले जनकपुरधाम को बजार क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्।

आइतबार मुख्य बजारका विभिन्न टोल तथा व्यवसायिक क्षेत्रहरूमा पुगेर उनले व्यापारी, युवा तथा महिला समूहसँग प्रत्यक्ष संवाद गरिन्। भेटघाटका क्रममा महतोले स्थायित्वसहितको विकासका लागि आफ्नो दल नेकपा एमाले को नेतृत्व आवश्यक रहेको बताइन्।
उनले क्षेत्रको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण र योजनाबद्ध कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै विगतमा सुरु भएका योजनालाई निरन्तरता दिने र नयाँ पूर्वाधार विस्तारमा जोड दिने प्रतिबद्धता जनाइन्।

महतोका अनुसार जनकपुरधाम बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन, ढल निकास सुधार, सडक स्तरोन्नति तथा साना व्यवसायीलाई सहुलियत कार्यक्रममार्फत सहयोग गर्ने योजना प्राथमिकतामा राखिएको छ। साथै महिला सशक्तीकरण, युवालाई सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रममार्फत आत्मनिर्भरता प्रवद्र्धन गर्ने कार्यक्रम अघि सारिएको उनले बताइन्।

घरदैलोका क्रममा स्थानीयवासीबाट विभिन्न सुझाव प्राप्त भएको र ती सुझावलाई आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति देखिएको थियो।
मौन अवधि नजिकिँदै जाँदा धनुषा–३ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा थप चर्किएको छ। बजार केन्द्रित अभियानले चुनावी समीकरणमा कस्तो प्रभाव पार्ने हो भन्ने विषयमा मतदातामाझ चासो बढेको छ ।

सम्बन्धित खबर