LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम। धनुषा जिल्लाको कमला नगरपालिका–७ सिङ्ग्याहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमला नगरपालिका–६ निवासी ट्याक्टर चालक आकाश यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार स १ त ५१२९ नम्बरको ट्याक्टर खेतबाट माटो ओसार्ने क्रममा अचानक अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का प्रक्रिया पूरा गरेको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर