LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारकान्त झाले पदबाट राजीनामा दिएका छन् ।

झाले मंगलबारदेखि लागू हुने गरी प्रमुख सचेतक पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत छोटो वक्तव्य जारी गर्दै आज मिति २०८३ जेठ १२ गतेदेखि नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा गर्दैछु’ उल्लेख गरेका छन् ।

उनको राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन । कांग्रेसभित्र पछिल्लो समय प्रदेशस्तरमा देखिएको आन्तरिक राजनीतिक समीकरण र जिम्मेवारी हेरफेरको चर्चाबीच झाको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ । श्रोतका अनुसार झाले मन्त्री पदका आकांक्षि रहेको र मन्त्रीपरिषद विस्तार हुदाँ पनि पद नपाएको झोकमा राजिनामा दिएका हुन् ।

सम्बन्धित खबर