LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी मनाइएको छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौतीबीच आधुनिक प्रविधि, अनुसन्धान र किसानमैत्री नीतिमार्फत धान उत्पादन बढाउनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपाल कृषि प्रधान देश भए पनि खाद्यान्नमा पूर्ण आत्मनिर्भर बन्न नसक्नु चुनौतीपूर्ण विषय भएको उल्लेख गर्दै जलवायु परिवर्तनको असरलाई समयमै सम्बोधन नगरे कृषि उत्पादनमा थप संकट आउन सक्ने बताए ।

उनले कृषि क्षेत्रलाई परम्परागत अभ्यासबाट आधुनिक र वैज्ञानिक प्रणालीतर्फ रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनुसन्धान संस्थाले विकास गरेका प्रविधि र उन्नत जातका बीउ किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए ।

किसानलाई उत्पादनमा मात्रै सीमित नराखी बजार, भण्डारण, सिँचाइ तथा कृषि यान्त्रिकीकरणसँग जोड्न सके मात्रै धानमा आत्मनिर्भर बन्न सकिने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले कृषि उत्पादन वृद्धि किसानको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए ।

उनले जलवायुमैत्री कृषि अभ्यासलाई गाउँगाउँसम्म विस्तार गर्न सके भविष्यका खाद्य चुनौतीसँग प्रभावकारी रूपमा जुध्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा प्रसाद यादवले पछिल्ला वर्षहरूमा धान उत्पादनमा सकारात्मक सुधार देखिएको जानकारी दिए ।

उनका अनुसार हर्दिनाथ क्षेत्रसहित यस भेगमा प्रतिहेक्टर औसत करिब चार मेट्रिक टन धान उत्पादन भइरहेको छ । तर, जलवायु परिवर्तनका कारण अनियमित वर्षा, अत्यधिक तापक्रम तथा रोग–कीराको जोखिम बढ्दै जाँदा उत्पादनमा दीर्घकालीन असर पर्ने सम्भावना रहेको उनले बताए ।

यादवले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न अनुसन्धानमा आधारित खेती प्रणाली, उन्नत जातका बीउ, सन्तुलित मल प्रयोग, प्रभावकारी सिँचाइ व्यवस्थापन तथा आधुनिक कृषि प्रविधिको विस्तार आवश्यक रहेको बताए ।

सम्बन्धित खबर