LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय अवास शेष का १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेष रहेको प्रहरीले जनाएको छ ।

रौतहटको जिगरवा स्थायी घर भई लामो समयदेखि गोलबजारमा बस्दै आएका शेषका छोरीछोरी पशु हाटबजारमा परिसरमा भित्र रहेका खाल्डोमा पानीमा नुहाउने क्रमममा डुबेर मृत्यु भएको हो । उनीहरु आज दिउँसो अढाई बजे घरमा बाट बाहिर खेल्न निसकेका थिए ।

गाई गोरु सहितका जनावलाई पानी खुवाउने उदेश्यले खाल्डो निर्माण गरिएको बताइएको छ । घटनालगत्तै स्थानीयवासी र प्रहरीले तीनै बच्चालाई उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएका थिए । तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् ।
मृतकका आफन्त कवाडी संकलन गरेर घरपरिवारको जोहो गर्दै आएका छन् ।

यता, घटना वारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर