LIVE
रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो |

जनकपुरधाम । सरकारी अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट अनधिकृत रूपमा डिएपी मल बिक्री भइरहेको सूचनाका आधारमा गरिएको छापामारीमा मलङ्गवा–७ निवासी २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन राय पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सरकारी अनुदानको डिएपी मल प्रतिवोरा तीन हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्दै आएको स्वीकार गरेका छन् । पसलमा गरिएको खानतलासीबाट चार बोरा डिएपी मल र एक बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा पक्राउ परेका दुवैले उक्त मल मलङ्गवा नगरपालिका–४ स्थित शिवसागर चोकमा २८ वर्षीय राहुल गुप्ताले सञ्चालन गरेको पसलबाट प्रतिवोरा तीन हजार दुई सय रुपैयाँमा खरिद गरी नाफा राखेर बिक्री गर्ने गरेको बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरीले राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको छ। उनको पसलमा गरिएको खानतलासीबाट थप सात बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले सरकारी अनुदानमा उपलब्ध हुने कृषि सामग्रीको दुरुपयोग तथा कालोबजारी नियन्त्रण गर्न निगरानी अझ कडा बनाइने जनाएको छ ।

सम्बन्धित खबर