LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । प्रदेशस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल, अपाङ्गता भएका व्यक्तिहरूका संस्था तथा स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

अस्ट्रेलियन सरकारको सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीको समन्वयमा आयोजित कार्यक्रममा समावेशी शिक्षा तथा सुदृढीकरण (सिकाई प्लस) परियोजनाअन्तर्गत प्रदेशस्तरीय सञ्जालको क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला गोष्ठि गरिएको थियो ।

गोष्ठीमा समावेशी शिक्षा, सञ्जालको नीतिगत अभ्यास, अपाङ्गता भएका व्यक्तिहरूका संस्थाको भूमिका तथा आगामी कार्ययोजनाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव किशोरी कापड, खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव उज्ज्वल पोखरेल, शिक्षा तथा संस्कृति मन्त्रालयका अधिकृत दिलीप मुखियालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीका आदित्य पटेलका अनुसार सिकाई प्लस परियोजना सर्लाहीका हरिपूर्वा नगरपालिका, चन्द्रनगर, पर्सा र ब्रह्मपुरी गाउँपालिका तथा रौतहटका माधवनारायण र गरुडा नगरपालिकासहित ६ वटा स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

सम्बन्धित खबर