LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेले अहिलेसम्म आफूहरुले पार्टी विभाजन गर्ने वा अर्को पार्टी खोल्नेसम्मको तयारी नगरेको स्पष्ट पारेका छन् । माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकलगत्तै पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

उनले भने,‘तपाईँले प्रश्न त धेरै टाढा पुगेर गर्नुभयो, हुन त हाम्रो पार्टीमा केपी ओली र माधव नेपाल दुई समूह छन् । अहिले दुवै समूह टाढा त टाढा पुगेको छ । त्यही भएर तपाईँले यो प्रश्न राख्नुभएको होला, एकदम एक लाईनमा भन्नुपर्दा यो पार्टी विभाजन वा अर्को पार्टी खोल्ने खालको अहिलेसम्म तयारी भएको छैन् । त्यसकारण नयाँ पार्टी खोल्ने योजना छैन् । हामी एकता गर्नुपर्छ भन्ने पक्षमा छौं । पार्टी सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने कुरा हो । बाहिर हेर्दा पार्टी विभाजन हुने खालको स्थिति बनेको छ । तर, नयाँ पार्टी खोल्ने वा दर्ता गर्ने योजना छैन् ।’

संविधान र विद्यमान कानूनअनुसार आफूहरुलाई सरकारमा जान गाह«ो भएको पनि उनको भनाई छ । उनले भने,‘नेकपा एमालेभित्रै सहमति गरेर केही सांसदहरुको प्रतिनिधित्व हुनेखालको, सहमतिको आधारमा राष्ट्रिय सहमतिको सरकार होला ।’ उनले अहिले आफूहरु छलफल र प्रोसेसकै आधारमा रहेको सुनाए ।

सम्बन्धित खबर