LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं : एमाले अध्यक्ष एवं सांसदीय दलका नेता केपी ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव गलत भएकाे बताएका छन्।

आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलले दर्ता गरेको सो महाअभियोग प्रस्ताव स्थानीय तहकाे निर्वाचन नगराउने षड्यन्त्र भएको पनि दोहोर्‍याएका छन्। महाअभियोग दर्ता भएलगत्तै उनले आइतबार पनि त्यस्तै प्रतिक्रिया दिएका थिए।

सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक खालको गरिएको भए पनि त्यसको एक सातापछि महाअभियोग आउनु षड्यन्त्रकारी कदम भएको भनी नेता ओलीले बताएको बैठकमा सहभागी एक नेताले बताए।

सरकारले राम्रै नियतले अदालतको बेथिति अन्त्यका लागि महाअभियोग ल्याएको भए प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्ने तर त्यसाे नगरेर जबरामाथि अकस्मात् महाभियोग लगाएर स्थानीय तहकाे निर्वाचन सार्ने अस्त्र प्रहार गरेकाे आरोप उनले लगाएका छन्।

सम्बन्धित खबर