LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

महोत्तरी । औहरी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवारी दिए सुनिल कुमार यादव चुनावी प्रतिस्पर्धामा अगाडी देखिएका छन् ।
दोस्रो कार्यकालको चुनावी मैदानमा उत्रेका यादवले पछिल्लो साढे ४ वर्षमा गरेको काम देखेर उनको औहरी नगरपालिका उनको पक्षमा जनलहर देखिएको हो । दैनिक जसो घरदैलो र चुनावी कोण सभा गर्दै आएका यादवले घरदैलोमा गएपछि स्थानीयले उनलाई भव्य स्वागत गर्ने गरेका छन् । वडा नम्बर १ देखि ९ सम्मको काँग्रेसको पक्षमा जनमत देखिएको बताउदै स्थानीय तथा काँग्रेसका प्रदेश सदस्य नरेन्द्र यादवले भने,‘ विगतमा पनि काँग्रेसले यो नगरपालिका जितेको थियो । तर यस पटक भारती मतान्तरले जितने निश्चत छ ।’

औहरी नगरपालिकामा मेयर पदमा स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट सुनिल कुमार यादव, नेकपा एमालेबाट सरोज यादव, जसपाबाट सुसिल यादव, माओवादी केन्द्रबाट प्रमोद मण्डल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट प्रदिप खड्का उम्मेदवार रहेका छन् । उम्मेदवार मध्ये, जसपाका सुसिल यादव र माओवादीका मण्डल औहरी नगरपालिका वडा नम्बर १ का हुन भने एमालेका सरोज यादव र लोसपाका उम्मेदवार खडका वडा नम्बर २ का हुन् । यसरी वडा १ र २ औहरीमै पर्ने भएकोले यसमा ४ जना उम्मेदवार रहेकf छन् । एउटै गाउँबाट ४ जना उम्मेदवार रहेको अवस्थामा त्यहाँको वोट वाडिने निश्चत छ ।फेरि विगतमा माओवादीबाट मेयरमा उम्मेदवारि दिएका नरेन्द्र यादव, तत्कालिन राजपाबाट उम्मेदवारी दिएका शंकर यादवको अहिले काँग्रेसका उम्मेदवार सुनिल कुमार यादवलाई समर्थन छ । यस हिसावले पनि काँग्रेस औहरी गाउँमा पनि अन्य उम्मेदवारभन्दा राम्रो अवस्थामा छन्, स्थानीय अल्लाउदिन साफीले भने,‘ वडा १ र २ मा काँग्रेसको अवस्था निकै राम्रो छ, उनीहरुको वोट बाडफाड हुन्छ ।तर काँग्र्रेसको वोटमा विगतको भन्दा धेरै बढेको छ ।’ वडा नम्बर १ लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारीको घर हो । तर त्यहाबाटपनि काँग्रेसले चुनाव जितिरहको उनले दावि गरे । काँग्रेसले सो वडामा सन्तोष कुमार यादवलाई उम्मेदवार बनाएका हुन् ।

यता, औहरी नपा ४,५ र ६ काँग्रेसको गढ नै हो । वडा नम्बर ३ जसपाले जितेका थिए । तर जसपाका उम्मेदवार लोसपाबाट उम्मेदवारी दिएका काँग्रेसको अवस्था सो वडामा पनि राम्रो भएको छ । काँग्रेसका युवा नेता सुरेन्द्र साहले भने,‘ लोसपा, जसपाबाट धेरै साथि काँग्रेसमा प्रवेश गरेका छन्, सो वडामा लोसपाको संगठन नै छैन, फेरि सो वडाध्यक्षमा जितेका केहि गरेकै छैन,उनीबाट जनता रुष्ट छन् । त्यसकारण यसपालिका वडा नम्बर ३ पनि हामी नै जित्छौ ।’
वडा नम्बर ९का पनि काँग्रेसको अवस्था विगतको भन्दा धरै राम्रो मानिएको छ । यस अघि तत्कालिन राजपा र अहिलेको लोसपाबाट गौरी शंकर झाले केहि मतले चुनाव जितेका थिए । तर झाले जनताको अपेक्षा अनुसारको काम गर्न सकेका छैनन् । उनका निकट सहयोगिहरु अन्य काँग्रेस माओवादी र जसपाको लागेको छन् । यस हिसावले पनि सो वडामा काँग्रेस नै बलियो देखिएको छ ।
यसरी वडा १ देखि ९ सम्मको अवस्था देख्दा औहरी नगरपालिकामा काँग्रेस अग्र स्थानमा मात्रै नभनौ उनको प्रतिस्पर्धि दलहरु निकै पछाडि देखिएका छन् । एक जनाकार भन्छन्, अहिलेको अवस्थामा औहरीमा काँग्रेस निकै अगाडी छन्, त्यसपछि क्रमश एमाले, जसपा, लोसपा र माओवादी केन्द्र रहेका छन् ।
लोसपाका उम्मेदवार खडका क्रसर उद्योगि, ठेक्केदार र पैसा वालको भएकोले वाहिर रुपमा उनको तामझाम देखिन्छ, उनले भने, तर वास्तविकतामा चुनावी मैदानमा उनी चौथौ नम्बरका उम्मेदवार हुन । कारण, लोसपा नयाँ पार्टी हो, त्यसको संगठन पनि सबै ठाउँमा बन्न सकेको छैन, फेरि खडका अन्यबाट आएर उम्मेदवार बनाएकोले पनि लोसपा भित्र तिव्र असंतुष्टि छन् ।’

सम्बन्धित खबर