LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

ज्नकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम मधेश प्रदेश अधिवेशन आयोजना गरिएको छ ।
जनकपुरमा शनिवार आयोजना गरिएको अधिवेशन ३१ सदस्य नयाँ कार्यसमिति चयन गरि सम्पन्न हुने छ । पार्टीका मधेश प्रदेश ईन्चाज धर्मनाथ साहको प्रमुख आतिथ्य तथा समाजवादी प्रेस संगठनका मधेश प्रदेश संयोजक वृजलाल पासवानको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश ईन्चाज साहले संगठन भित्र रहेका सञ्चारकर्मीहरुलाई पार्टीको विचार तथा सिद्धान्तलाई सर्वसधारणमा पुरयाउन आग्रहा गरे । उनले पार्टीको चुनाव चिन्ह कमल रहे जस्तै आफ्ना कमलले समाजमा रहेका विभिनन विकृति विसंगति तथा भष्टाचार निवारणमा कमल चलाउन सञ्चारकर्मीलाई आग्रहा समेत गरे । त्यस्तै कार्यक्रम, मधेश प्रदेशमा समाजवादी प्रेस संगठनको गठनले अगामी निर्वाचनमा पार्टीलाई बल पुग्ने बताउदै संगठनका मधेश प्रदेश संयोजक पासवानले स्थानीय तहको निर्वाचन जस्तै अगामी निर्वाचनमा पनि पार्टीले राम्रो मत ल्याउन सक्ने दावि गरे ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका उपसचिव जगरनाथ खतिवडा,नेकपा एकिकृत समाजवादी पार्टीका नेता तथा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, नागेन्द्र चौधरीसहितले मन्तव राखेका थिए ।

सम्बन्धित खबर