LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट हाराएको १४ हजार साइकल खरिदको फाइल मध्ये भुक्तानीसंग सम्बन्धित फाइल फेलापरेको छ । यधपी खरिद प्रकियाको फाइल अझै फेलापरेको छैन ।१४ हजार साइकल खरिद प्रकिया अन्तर्गत भुक्तानीसंग सम्बन्धित फाइल भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाइएको हो ।

खरिद प्रकृयाको स्वीकृतको फाइल भने अझै फेला नपरेको कार्यालयका एक सचिवले जानकारी दिए । टेन्डर आह्वानदेखि स्वीकृतसम्मको फाइल फेलापरेको छैन । सचिवले भने, ‘ त्यो फाइल खोज्दैछौं हामी । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मधेश प्रदेश भरिका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई बाँड्न दुइपटक गरी २०७५।०७६ मा १४ हजार साइकल मुख्यमन्त्री कार्यालयले खरिद गरेका थिए ।

सम्बन्धित खबर