LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेका छन । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षा सहभागी भएका थिए ।बोर्डका अध्यक्ष शर्माका अनुसार यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको छ ।

जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३।६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् । त्यस्तैगरी ३।२१ देखि ३।६० जीपीए ल्याउने ३० हजार १०७ जना, २।८१ देखि ३।२० आउने ६५ हजार २८४ जना, २।४० देखि २।८० आउने ६४ हजार ९३ जना, २।१ देखि २।४० जीपीए आउने १० हजार ९ सय र १।६१ देखि २ जीपए आउने ३५ जना छन् ।यस्तै १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्‍येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्‍ने उल्लेख छ ।

नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । ग्रेड वृद्धि दिन पाउने ९दुई विषयसम्म दिन पाउने० एक लाख ३० हजार ८७८ जनाले दिन पाउने छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

सम्बन्धित खबर