LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

सशस्त्र प्रहरीले नक्कली नोट बनाउने कागजातसहित सर्लाहीबाट एकजनालाई पक्राउ गरेको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र बहादुरपुरबाट नक्कली नोट बनाउने नमुना कागज बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआईजी गणेशठाडा मगरले बताए । गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बजारमा खटेको सशस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिकाका ३२ बर्षका हिरामान लामा रहेका छन् ।प्रहरीले नगद ४० हजार रुपैयाँ र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद गरेको हो भने पक्राउ परेका लामाको साथबाट १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको एक थान चेक, ग्लोबल आईएमई बैँकको चेक पासपोर्ट, बिलबुक र मोवाइल एकरएक थान, दुई थान एटिएम कार्ड र नागरिकता बरामद गरेका छन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मधेस प्रदेशका डिआईजी गणेशठाडा मगरले बताए ।

सम्बन्धित खबर