LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट सिफारिस भएका छन ।उक्त पार्टीले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको हो । यस्तै प्रदेशसभा तर्फ २ ९क० का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा शैलेन्द्र साह, अमरनाथ मण्डल र नेत्रविक्रम साहको नाम सिफारिस गरेका छन ।शैलेन्द्र साह अघिल्लो चुनावमा त्यहीबाट प्रदेशसभा सदस्यमा जितेको थियो ।

त्यस्तै सप्तरी–२ (ख) का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा मनिष सुमन, दिनेश यादव, युसुफ अलि, किरण यादवको नाम सिफारिस गरिएको हो । मनिष सुमन यसअघिको चुनावमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जितेका थिए । जसपा अध्यक्ष यादवको नाम सप्तरी–२ सहित अन्य आठ ठाउँबाट पनि नाम सिफारिस भएको हो । उनी सप्तरी–२ बाट नै चुनाव लड्ने तयारीमा लागेका हुन । उनी यसअघि सप्तरी–२ बाट नै चुनाव जितेका हुन् ।

सम्बन्धित खबर