LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं । बलिउडको अधोगति र सन्नाटालाई लिएर प्रकाश झाको टिप्पणी छ, ‘तपाईं पैसा कमाउन फिल्म बनाउनुहुन्छ भने त्यसले सधैं काम गर्छ भन्ने छैन । अहिले बलिउड त्यही भोगिरहेको छ ।’नेपाल सीमावर्ती पश्चिम बिहारको पूर्वी चम्पारणमा जन्मे(हुर्केका झा समयको गतिमा बलिउडका अब्बल फिल्म निर्माता तथा निर्देशक बने । बेलाबेलामा काठमाडौं आइरहने अग्ला र खिरिला ज्यानका यी निर्देशक बिहीबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलमा सुनिए ।

‘बिहार र नेपालबीचको यस्तो सम्बन्ध छ । हामी धेरै कुराले जोडिएका छौं,’ कोशीमा आएको बाढीको किस्सा उनले सम्झिए ।हरेक चोटि नेपाल आउँदा प्रकाश झाको अपेक्षित भनाइ हुन्छ, ‘राम्रो कथावस्तु छ भने म सहकार्य गर्न तयार छु ।’ उनले किम्फमा पनि त्यसलाई दोहोर्‍याए, ‘केही नेपाली लेखक र निर्मातासँग काम गर्न इच्छुक छु ।’ बलिउडमा सामाजिक(राजनीतिक कथावस्तुमा फिल्म बनाउने झाले नेपालमा प्रशस्तै कथावस्तु रहेको भन्दै यसतर्फ कलम चलाउन सुझाव समेत दिए ।

सम्बन्धित खबर