LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

काठमाडौं । आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिबार यो मेडिकल(रोमान्स ड्रामाको छायांकन पूरा गरिएको हो ।२०७७ सालको मंसिरमा फिल्म निर्माण घोषणा भएको थियो । लगत्तै कोरोना महामारी सुरु भएपछि फिल्म अनिश्चित बनेको थियो । आर्यनको करिअरका लागि महत्वपूर्ण मानिएको फिल्म पुस १५ गते प्रदर्शन हुनेछ ।

लाङटाङ क्षेत्रमा हेलिकोप्टरबाट उद्धार गरिएको दृश्य छायांकनसँगै ‘डिसेम्बर फल्स’ इन्ड क्ल्याप भएको हो । आर्यन र को–स्टार उपासना सिंह ठकुरीले उक्त दृश्यमा अभिनय गरे ।केही दक्षिण भारतीय फिल्ममा समेत काम गरेका प्रवीण झा निर्देशित फिल्मले अस्पतालमा कार्यरत नर्सलाई बदला लिन अपहरण गरिएपछि मुख्य पात्रले उनलाई अपहरणकारीको पञ्जाबाट मुक्त गर्न गर्ने संघर्षको कथा पेस गर्छ ।

सम्बन्धित खबर